नेपाल–भारत सचिवस्तरीय संयुक्त उर्जा बैठक सुरु

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

नेपाल–भारत सचिवस्तरीय संयुक्त उर्जा बैठक सुरु

मंसिर २५ काठमाडौं । बिहीबार भएको नेपाल र भारतबीच उर्जा बैठक सचिवस्तरीय संयुक्त बैठक विद्युत प्रसारणर वितरण प्रणालीका विषयमा केन्द्रित हुने बताइएको  छ । सन् २०१४ मा दुई देशबीच उर्जा ब्यापारसम्बन्धी सम्झौताका आधारमा गठन गरिएको संयन्त्र भएकाले त्यसकै बारेमा छलफल हुने उर्जा मन्त्रालय एजेन्डले बताएका छन् । दुई दिनसम्म चल्ने बैठकमा ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन र नयाँ प्रस्ताव गरिएको बुटबल–गोरखपुर प्रसारण लाइनबारे छलफल हुने उर्जा मन्त्रालयका एजेन्डले बताएका छन् । प्रत्येक महिनाको आयोजना गरिने बैठक यसपटक नेपालले आयोजना गर्नूपर्ने भए पनि कारोनाका कारण भर्चूल माध्यमबाट छलफल अघि बढाइएको उनले जनकारी दिए ।