गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

काठमाडौं मंसिर २५ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुँदैछ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह हुँदैछ । कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङ बीच विवाह हुन लागेको हो । उपाध्यक्ष र अध्यक्षबीच शुक्रबार पोखरामा विवाह हुने कार्यक्रम रहेको छ । सो विवाहको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहने कार्यक्रम छ । मुख्यमन्त्री गुरुङलाई बुधबार भेटेर गाउँपालिका अध्यक्ष कर्णबहादुर र उपाध्यक्ष शर्मिलाले निम्ता गरेका छन् । आफूहरुबीच शुक्रबार विवाहको टुंगो भएको अध्यक्ष कर्णबहादुरले नागरिकखबरलाई बताए । ‘शर्मिलाजी र म बीच विवाह गर्ने विषयमा सहमति भयो’ उनले भने, ‘परिवारको पनि स्वीकृतिमा मागी विवाह गरेका हौं । कोरोनाका कारण सबैलाई आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको उनले बताए । कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । अध्यक्ष कर्णबहादुरले भने राजनीति र सामाजिक सेवाका कामले विवाह गर्न नभ्याएको प्रतिक्रिया दिँदै आएका थिए । नगरिक खबरबाट