बाजूरामा जन्ती बोकेको जीप दुर्घटना, आठ जना घाइते

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

बाजूरामा जन्ती बोकेको जीप दुर्घटना, आठ जना घाइते

बाजुरा २५ मंसिर । बाजुरामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् । बाजुराको पूर्वी उत्तरी भेगका बुढीनन्दा नगरापालिका वडा नम्बर १ बार्तोलामा बुधबार बेलुकी जीप दुर्घटना भएको हो । धुलाचौरबाट कोल्टी तर्फ गईरहेको १ ज ३ सय १० नम्बरको जीप बोर्तोलामा दुर्घटना हुँदा ८ जना घाइते भएको इलाका प्रहरी चौकी कोल्टीले जनाएको छ । धुलाचौरबाट विवाहको जन्ती बोकेर आएको उक्त जीप दुर्घटना हुँदा मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ का ३७ वर्षीय टेकबहादुर बुढा र सोही गाउँपालिकाका ३७ बर्षीय जयबहादुर बुढा, बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ३ का ३२ वर्षीय गंगा बुढा, २२ वर्षीय सविन बुढा, १८ वर्षीय सुस्मिता बुढा र बडीमालिका नगरपालिका वडा नम्बर ७ का तामांगकान्देन थापा समेत घाइते भएको प्रहरीले जनाएको छ । जीप दुर्घटनामा घाइते भएको सबै लाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपाचार भइरहेको र घाइते परेका यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।