बैतडीमा जिप र्दुघटना हुँदा एक जना घाईते

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

बैतडीमा जिप र्दुघटना हुँदा एक जना घाईते

बैतडी,मंसिर २५ ।बैतडीका पाटन १०मा जिप दुर्घटना हुदा १ जना घाइते भएका छन । आज बिहान ७ बजे पाटन १०को डैसिलीबाट बिप्याकटाल तर्फ आउदै गरेको नमस्ते सुक्लाफाटा यतायातको म १ ज ३५६ नं को जिप दुर्घटना हुदा चालक डडेल्धुराको अमरगडी नगरपालिका वडा नं ७ का अन्ताजी २८ वर्षीय बिर बहादुर भण्डारी घाइते भएका छन् ।उहाको हात, खुट्टा र कम्मरमा चोट लागेको  खोडपे प्रहरी चौकीले जनाएको छ । प्रहरी चौकीका  अनुसार घाईते भण्डारीको  डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।जिप १०० मिटर तल खसेको छ । जिपमा सवार चालक मात्रै रहेको पनि बताइएको छ ।