जिल्ला अस्पताल दार्चुलामा भेन्टिलेटर सहितको आइसियु कक्षको उदघाट्न 

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

जिल्ला अस्पताल दार्चुलामा भेन्टिलेटर सहितको आइसियु कक्षको उदघाट्न 

दृष्टिकोण समाचार मंसिर २५ दार्चुला । जिल्ला अस्पताल दार्चुलामा भन्टिलेटरसहितको दुई बेडको आईसियु कक्षको विहिबार सुदुरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशीले उदघाटन गर्नु भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पताल दार्चुलामा भेन्टिलेरसहितको आइसियु कक्ष स्थापना भएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवावले जानकारी दिनुभयो । कोरोना भाईसरका जटिल खालका बिरामीहरुलाई मध्यनजर गरेर भेन्टिलेटर सहितको कक्ष स्थापना गरिएको हो । तत्कालका लागि अस्पतालले भेन्टिलेटर सहितको दुई  बेडको आइसियु कक्षको काम आफुहरुले गर्ने डाक्टर दुवाले बताउनु भयो  । यस्तै जिल्ला अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुलाई पनि आइसियु सञ्चालनका लागि तालिमको आवश्यकता पर्ने र त्यो तालिमका लागि एक दुई जना नर्सहरुलाई तालिम दिइएको छ । कोरोनाका गम्भीर बिरामीहरुलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा भेन्टिलेटर सहितको आइसियु कक्षको आजैबाट सञ्चालन हुने जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।