तपाईले कक्षा १२ काे परीक्षा दिनु भएकाे हो ? नतिजा भाेली अाउँदै छ

६ बर्ष अघि

२0७५ श्रावण १५ मंगलवार

तपाईले कक्षा १२ काे परीक्षा दिनु भएकाे हो ? नतिजा भाेली अाउँदै छ

दृष्टीकाेण समाचार साउन १५, दार्चुला । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ। यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए। यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो। कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो।