नेपालमा कारोना बिरुद्धको खोपको शीघ्र उलब्धता सुनिश्चित गर्न कार्य हुदैँ

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

नेपालमा कारोना बिरुद्धको खोपको शीघ्र उलब्धता सुनिश्चित गर्न कार्य हुदैँ

काठमाडौं २५ मंसिर । नेपालमा कारोना भाइरस बिरुद्धको खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु¥याउन नेपाल सरकारले आवश्यक कार्यहरु गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले मानअधिकारको उपभोगमा चुनौति थपिदिएको यसले बाच्न पाउने हक पहिलो हक हो भन्ने कुरा पुन पुष्टि गरेको छ । संघीय प्रदेश र स्थानीय सरकारले आफ्नो सो्रत, साधन र क्षमताको अधिकतम उपयोग गरी यसको रोकथाम, नियन्त्रण र उपचारमा मदत्तचित्त रही कार्य गरिहेको छन् । स्वास्थ्य पुर्वाधारमा ऐतिहासिक बढोत्तरी गरिएको छ । सबै पालिकामा अस्पताल निमार्ण गर्ने काम प्रारम्भ भइसकेको छ । नेपाल सरकारले यस वर्ष ३ सय ९६ पालिकामा ५, १० र १५ शैयाका आधारभूत अस्पताल र सात वटै प्रदेशमा सरुवा रोग अस्पतालको निमार्ण प्रारम्भ गर्ने लक्ष्यअनुरुप एकैदिन ३ सय ९ पालिकामा आधारभूत अस्पताल र तीन प्रदेशमा सरुवा रोग अस्पताल निमार्णको काम प्रारम्भ भइसकेको जनाएका छन् । प्रधानमन्त्री ओलीले यी सबै प्रयासबाट नेपालमा कोरोना भाइरसको महामारी नियन्त्रणभन्दा बाहिर जनाबाट रोक्न सफल भएको र बन्दाबन्दीदेखि नै जनसमुदायको असाधारण सहयोग रहिआएको बताएका छन् ।