सन्दीप लामिछानेले चितवनमा हुने गौतमबुद्ध कप नखेल्ने

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

सन्दीप लामिछानेले चितवनमा हुने गौतमबुद्ध कप नखेल्ने

काठमाण्डौ मंसिर २५,  सन्दीप लामिछाने चितवनमा हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएका छन् । बिग ब्यासका लागि जाने तयारी गर्नुपर्ने भएकाले प्रतियोगितामा सहभागी नहुने सन्दीपले बताएका छन् । उनी डिसेम्बर १४ या १५ तारिखमा बिग ब्यास खेल्न अष्ट्रेलिया जाने तयारीमा छन ।सन्दीप नेपालबाट गएपछि १४ दिन अष्ट्रेलियामा क्वरेण्टीनमा बस्नुपर्ने र कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै खेल्न पाउनेछन् । कोरोनालाई जितेका सन्दीपले जनवरी २ मा मेलबर्न स्टार्ससँगको खेल खेल्ने सम्भावना रहेको छ । सन्दीपले लगातार तेस्रो सिजन बिग ब्यास लिग खेल्न लागेका हुन । यसैबीच, नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीले खेल्ने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको टिम र खेल तालिका सार्वजनिक भएको छ । 
प्रतियोगितामा वाग्मती टिम, नारायणी टिम र राप्ती टिमले सिंगल राउण्ड रोबिनको फर्म्याटमा खेल्नेछन् । पर्सिदेखि हुने सुरु हुने खेलमा वाग्मती र नारायणीबीच प्रतिष्पर्धा हुनेछ । वाग्मती टिमको कप्तानी ज्ञानेन्द्र मल्लले र नारायणी टिमको कप्तानी पारस खड्काले गर्नेछन् । प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।