मोरङमा थप तीन कोरोना  संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

मोरङमा थप तीन कोरोना  संक्रमितको मृत्यु

मोरङ मंसिर २५ । मोरङमा थप तीन कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । दुई जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । उनीहरु झापा, मोरङ र सुनसरीका हुन् ।  विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वृद्धलाई २३ गते मंगलबार ल्याइएकोमा उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको व्यवस्थापक नारायण दाहालले बताए । यस्तै झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएकोमा राति ९स्५० बजे मृत्यु भएको  उपचारमा संलग्न वरिष्ठ फिजिसियन डा। दीपक सिग्देलले जानकारी दिए । यस्तै मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको पनि होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ ।दमको समस्या बढेपछि उनलाई उपचारका लागि विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते ल्याइएको थियो । पीसीआर परीक्षण गराउँदा २२ गते रिपोर्ट पोजिटिभ देखिएपछि घरमै आइसोलेसनमा परिवारका सदस्यले लगेकोमा बुधबार राति ९ बजेतिर ज्यान गएको उर्लाबारी नगरपालिकाले जनाएको छ ।