इटालियन फिफा विश्वकप फुटबल विजेता पाउलो रोसीको निधन

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

इटालियन फिफा विश्वकप फुटबल विजेता पाउलो रोसीको निधन

काठमाडौं २५ मंसिर । इटालियन लेजेन्ड तथा फिफ विश्वकप फुटबलको विजेचा पाउलो रोसीको निधन भएको छ । पाउलो रोसीको निधन ६४ वर्षको उमेरमा मंगलबार  भएको हो । आरएआई टीभीले रोसीको निधनको खबर सार्वजनिक गरेको हो । युभेन्ट्स र एसी मिलानका पूर्व खेलाडी समेत रहेको रोसीले सन् १९८२ मा विश्वकप जितेका थिए । सन् १९८२ मा इटललीलाई स्पेनमा विश्वकप जिताउँदा उनले गरेको उत्कृष्ट प्र्रदर्शनका लागि पनि उनलाई सम्झिन्छ । रोसीले विश्वकपमा गोल्डेन बुट र गोल्डेन बल दुबै अवार्ड जितेका थिए । साथै उनले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए ।