नेपालमा थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्ट, १४ को मृत्यु 

३ बर्ष अघि

२0७७ मंसिर २४ बुधबार

नेपालमा थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्ट, १४ को मृत्यु 

काठमाडांै २४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कारोना भाइरसको संक्रमण पुष्ट भएको छ । योसँगै नेपालमा कोरोना संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कारोनाका संक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ रहेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८३ जना कारोना संक्रमणमुक्त भएका छन् भने योसँगै कोरोना संक्रमण भएर निको हुने संख्या हालसम्म २ लाख ३० हजार ५ सय ३७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनको कारोना भाइरसको संक्रमणका काराण मृत्यु भएको छ भने योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।