विश्वमा ५ लाख ७८ हजार संक्रमित थपिए, थप ११ हजार ६ सयको मृत्यु

३ बर्ष अघि

२0७७ मंसिर २४ बुधबार

विश्वमा ५ लाख ७८ हजार संक्रमित थपिए, थप ११ हजार ६ सयको मृत्यु

काठमाडौं २४ मंसिर । विश्वमा कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा थप ५ लाख ७८ हजार ६ सय ९३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ  । विश्वमा हाल कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ४१ जनाको कारोना भाइरसको कारणले मृत्यु भएको छ । यो सँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ६२ हाजार २५ पुगेको छ । अहिले १ करोड ९५ लाख ३६ हजार ९५ जनामा संक्रिय संक्रमण छ भने ४ सय २ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । त्यस्तै ४ करोड ७४ लाख ४५हजार ९ सय ५५ जनाले कारोना जितेका छन् । अहिले सम्म २ लाख ९३ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ ।