ब्यासी सौंका समुदायको कुंचा खलंगा भित्रिए

३ बर्ष अघि

२0७७ मंसिर २४ बुधबार

ब्यासी सौंका समुदायको कुंचा खलंगा भित्रिए

पृथ्वीराज सुनाम मंसिर २४ दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ छाङरुमा बसोबास गर्ने ब्यासी सांैका समुदायको कुचां खलंगा आइपुगेको छ । तिंकरको कुचां मंसिर दोस्रो साता खलंगा झरिसकेका छन् । छाङरुमा बसोबास गेर्न १ सय १५ परिवारमध्ये १ सय १३ परिवार बुधबार बिहान पशुचौपायासहित भारतीय बाटो हुदै खलंगा आइपुगेका छन् । छाङरुका १ सय १३ परिवार भारतको बाटो भएर खलंगा आइपुगेको दार्चुला प्रहरीले जनाएको छ । हिउँदमा ब्यासका सौंका समुदाय खलंगा झर्दै आएका छन् । दबै देशका स्थानीय प्रशासनको पूर्व सहमति अनुसार आज बिहान ८ बजेदेखि साझँ ५ बजेसम्म खंलगा नाका खुला गरिएको छ । पाँचा दिन पहिले खलंगाका लागि हिडेको ब्यासी सौंका समुदाय आज खलंगा आइपुगेको  सौंका समुदायले बताएका छन् ।