उत्तर कोरियाले नयाँ ब्यालेष्टिक मिसाइलको काम गरिरहेको दावी

६ बर्ष अघि

२0७५ श्रावण १५ मंगलवार

उत्तर कोरियाले नयाँ ब्यालेष्टिक मिसाइलको काम गरिरहेको दावी

दृष्टीकोण समाचार, साउन १५ । उत्तर कोरिया र अमेरिकाबीच सम्बन्धमा सुधार भइरहेका बेला अमेरिकी सञ्चारमाध्यमहरुले भने उत्तर कोरियाले ब्यालेष्टिक मिसाइलको काम गरिरहेको दाबी गरेका छन् । अमेरिकाको वासिङटन पोष्टलाई एक जना अमेरिकी अधिकारीले गुप्तचरी स्याटलाईटले प्योङयाङ नजिकको सानुम्डोङ ब्यालेष्टिक मिसाइल उत्पादन गर्ने क्षेत्रमा नियमित गतिविधि भैरहेको जानकारी दिएका थिए । तर यो प्रक्रिया कति अगाडि बढिरहेको छ भन्नेबारे भने स्पष्ट नभएको बताइएको छ । 
गत जुनमा सिंगापुर शिखर वाता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्ने सहमति भएको थियो ।