सगरमाथाको नयाँ उचाई, ८६ सेन्टिमिटर बढ्यो 

३ बर्ष अघि

२0७७ मंसिर २३ मंगलवार

सगरमाथाको नयाँ उचाई, ८६ सेन्टिमिटर बढ्यो 

काठमाडौं २३ मंसिर । सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ । पहिला ८ हजार ८ सय ४८ मिटर रहेको उचाई अब नयाँ उचाई ८ हजार ८ सय ४८.८६ मिटर पुगेको छ । नेपाल र चीनले मापन गरेको नयाँ एक कार्यक्रमबीच परराष्ट्रिमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले सार्वजनिक गरेका हुन् । मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यावस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएपछि आज उचाई घोषण गरिएको हो । यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमाथाको उचाई मापन गरेका थियो भने सोही उचाई अहिलेसम्म कायम भएको थियो । अब सगरमाथाको नयाँ उचाई लागू हुनेछ ।