प्रधानमन्त्रको आवाहन सर्वदलीय बैठक आज बस्दै

३ बर्ष अघि

२0७७ मंसिर २३ मंगलवार

प्रधानमन्त्रको आवाहन सर्वदलीय बैठक आज बस्दै

काठमाडौं २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आज बोलाएका छन् । बैठकमा सहभागी हुन शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार पुग्ने क्रम जारी छ  । आफ्नो पार्टीभित्र विवाद बढेको, विषक्षीले संसद अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री सर्वदलीय बैठक बोलाउनुभएका हुन् । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बालाइएको छ । बैठकमा संसदमा प्रतिनिधि गर्ने दलहरु सहभागी हुनेछन् । बैठकमा समसामयिक राष्ट्रिय राजनितिका विषयमा छलफल हुने प्रधानमन्त्री बैठकमा उठाउने एजेन्डा तय गरेको छ । यसअघि नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको बैशाख ३१ मा संसदमा प्रतिनिधित गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए । त्यसयता सर्वदलीय बैठक भएको थिएन् ।