भर्ताेला ट्रक दुर्घटना अपडेटः तीनजनाकाे मृत्यु

३ बर्ष अघि

२0७७ मंसिर २२ सोमबार

भर्ताेला ट्रक  दुर्घटना अपडेटः तीनजनाकाे मृत्यु

दृष्टिकोण समाचार, मंंसिर २२  दार्चुुुला ।    मंसिर २१ गते राति करिब १० बजेतिर मालिकार्जुन गाउँ पालिका वडा नम्बर १ भर्ताेला भन्ने ठाउँमा ट्रक दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ । मृत्यु हुनेमा चालक दाेगडाकेदार गाउँ पालिका बैतडी न्वालीका २४ बर्षका शेरसिह कार्की, दाेगडाकेदार गाउँपालिका वडा नम्बर ६ का २५ बर्षमा धनबहादुर भण्डारी र शैल्यशिखर गाउँपालिका वडा नम्बर ९ नक्तडका १७ बर्षका चन्द्र बिष्ट रहेका छन् । 
मृतकको शव जिल्ला अस्पताल दार्चुलामा राखिएकाे छ । अाफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ । साँझ गाेकुलेश्वरबाट दार्चुलाका लागि हिडेकाे खाली ट्रक दुर्घटनामा परेकाे हाे ।