ट्रक दुर्घटना हुदा तीन जनाको मृत्यु,

३ बर्ष अघि

२0७७ मंसिर २२ सोमबार

ट्रक दुर्घटना हुदा  तीन जनाको मृत्यु,

दृष्टिकोण समाचार मंसिर २२ दार्चुला । ट्रक दुर्घटना हुदा तीन जनाकाे मृत्यु भएकाे छ । खलंगा आउदै गरेको ना ३ ख ३४८५ नम्बरको ट्रक दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुस्कर ऐरीले बताउनु भयो ।
गोकुलेश्वरबाट खलंगा आउदै गरेको आइतबार राती करिब ९ बजेतिर ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्ताेला दुर्घटना भएको हो । दुर्घटनामा परी बैतडीका दुई जनाको ज्यान गएको छ भने एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरी निरीक्षक ऐरीले बताउनु भयो । ट्रक चालक बैतडी दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ का शेरसिंह कार्की, सोही गाउँपालिका वडा नम्बर ६ का धनसिंह भण्डारीको मृत्यु भएको प्रहरी निरीक्षक ऐरीले बताउनु भयो । मृतक अर्का एक जना पुरुषको परिचय खुल्न सकेको छैन । 
दुर्घटनाबारे गएराती १० बजेतिर प्रहरीलाई खबर भएको थियो । मालिकार्जुन गाउँपालिकाको लाली गुराँस युवा क्लबको सहयोगमा प्रहरीले राती नै उद्वार गर्न सफल भएको प्रहरी निरीक्षक ऐरीको भनाई छ । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ ।