लेकम गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दी खुल्यो

३ बर्ष अघि

२0७७ मंसिर २१ आईतवार

लेकम गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दी खुल्यो

पृथ्वीराज सुनाम मंसिर २१ दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ खरकडाबासी स्थानीयले गाउँपालिका वडा नम्बर ४ को कार्यालय, गाउँपालिका कार्यालय र गल्लाकेदार माबि खरकडामा विभिन्न माग राख्दै तालाबन्दी गरेको थिए । पाती देखि खरकडासम्म लाइन विस्तार गर्नका लागि आएका विद्युतको मेन लाइनका पोलहरु टकनामा रोकिएको, खरकठाबासीले विद्युत, संचार खोनेपानि, सडक लगायतबाट बंचीत हुनुपरेको, गल्लाकेदार माबि खरकडामा अस्थाई प्रहरी पोष्ट राखिएकोले विद्यालय संचालनमा असहज भएको भन्दै विहान १० बजे वडा कार्यालय र दिउँसो १ बजे गाउँपालिका कार्यालयमा तालाबन्दी गरेकोमा गाउँपालिका र स्थानीहरु संघर्ष समिति बिच सहमति भएपछि गाउँपालिकामा लगाईको तालाबन्दी खोलिएको हो । गाउँपालिका र स्थानीय संघर्ष समिति बिच गाउँपालिकाको वडा नम्बर ४ को टकनामा राखिएका बिजुलीका पोलहरु सम्झैता भएको मितिले १६ दिनको भित्र गाउँपालिकाको वडा नम्बर ४ खरकडासम्म ल्याएर लाईन विस्चार गर्ने, तितेकाडा टावरमा ५ दिन भित्र ब्याट्रि जडान गरि नियमित नेटर्वक संलाचन गर्ने र गल्ला केदार माविमा रहेको अस्थाई प्रहरी पोष्ट आजकै दिनबाट गाउँपालिका कार्यालयमा सार्ने सहमति पछि गाउँपालिकामा लागाईएको ताला खुलेको गाउँपालका अध्यक्ष परमानन्द जोशीले जानकारी दिनुभयो ।