मिस नेपाल वल्र्ड २०२० की बिजेता बनिन् नम्रता श्रेष्ठ 

३ बर्ष अघि

२0७७ मंसिर २१ आईतवार

मिस नेपाल वल्र्ड २०२० की बिजेता बनिन् नम्रता श्रेष्ठ 

काठमाडौं २१ मंसिर । मिस नेपाल वल्र्ड २०२० को बिजेता नम्रता श्रेष्ठ बनेकी छिन् । आयोजक संस्था हिडेन ट्रेजरले नेपाल शनिबार काठमाडौंको पार्क भिलेज होटलमा आयोजना गरेको ग्रान्ड फिनालेमा उपाधी विजेता घोषणा गरिएको हो । उनलाई मिस नेपाल वल्र्ड २०१९ की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजार रुपैँया सहित कार्यालय प्रयोजनका लागि गाडी समेत पाएकी छन् । उनी चीनमा हुने मिस बल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन् । यसैगरी प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौंका २४ वर्षीय सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तीकी २४ वर्षीय सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौंकी २४ वर्षीय सिमल कनौजियाले पाएकी छन् । उनीहरुले तीनै जनाले नगद रु दई लाख ५० हजार पाएका छन् । यस वर्ष देशभरका १ सय ५० युवतीहरु प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए । जसमध्ये १८ देखि २६ उमेर समूहका२१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए ।