महेन्द्र नुमना माविमा विद्यार्थीलाई मोवाईल प्रयोग निषेध

६ बर्ष अघि

२0७५ श्रावण १५ मंगलवार

महेन्द्र नुमना माविमा विद्यार्थीलाई मोवाईल प्रयोग निषेध

सुलोचना महता, साउन १५ दार्चुला । जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगामा चालु शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई विद्यालयमा मोवाईल प्रयोगमा निषेध गरिएको छ । महेन्द्र नमुना मावि खलंगामा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गर्दै सो कुरा बताईएको हो ।  कार्यक्रममा बोल्दै प्रधानाध्यापक रामदत्त जोशीले चालु शैक्षिक सत्रदेखि  स्कुललाई सुधार र अनुशासित बनाउन आउट पास र इमरजेन्सी पास कार्डको पनि प्रयोग गरिने भएको छ ।  

विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुको स्वागत गर्नुका साथै विद्यालयका विभिन्न गतिविधीहरुको बारेमा जानकारी गराईएको छ । विद्यालयमा पालना गनु पर्ने नीति, नियम तथा आंचार संहिताका बारेमा शिक्षक रमेशसिंह धामीले जानकारी दिनुभयो । कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।