सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

३ बर्ष अघि

२0७७ मंसिर २१ आईतवार

सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौं २१ मंसिर । आइतबार सुनको मूल्य घटेको छ । गत साताको चार दिनसम्म निरन्तर बढेको सुनको भाउ आइतबार तोलमा २ सय रुपैँयाले घटेको छ । आज सुनको मूल्य ९२ हजार ७ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो भने सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैँया थियो । चाँदीको भाउ भने प्रतितोला १ हजार २ सय १० रुपैँया कायम रहेको सुनचाँदी महासंघले जनाएको छ ।