डोटीमा जिप दुर्घटना ३ जनाको मृत्यु, ५ जना घाइते

३ बर्ष अघि

२0७७ मंसिर २१ आईतवार

डोटीमा जिप दुर्घटना ३ जनाको मृत्यु, ५ जना घाइते

डोटी मंसिर २१ । डोटीमा जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु र ५ जना घाइते भएका छन् । आइतबार राति ९ः३० बजे दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म१च ५५० नम्बरको जिप बोगटान पूmड्सिल गाउँपालिका वडा नम्बर ७ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेले जनाएका छन् । दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका बडा नम्बर ७ की वडा सचिव मन्जु त्रिपाठी र केआइसिंह गाउँपालिका–४ का ४० वर्षीय हरि नायारण भट्टको मृत्यु भएको प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिनुभयो । घाइते भएको ५ जनालाई उपचारको लागि दिपायल पठाइएको जनाइएको छ ।