किशोरीलाई बलात्कार गरेको ओपरमा बैतडीका किशोर पक्राउ

३ बर्ष अघि

२0७७ मंसिर २१ आईतवार

किशोरीलाई बलात्कार गरेको ओपरमा बैतडीका किशोर पक्राउ

बैतडी २१ मंसिर । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तडका १७ वर्षीय एक किशोर किशोरीलाई बलात्कार गरेको ओपरमा पक्राउ परेका छन् । मंसिर १६ गते आफ्नै घरमा लगेर १६ वर्षीय किशोरीलाई बलात्कार गरेका आरोपमा ती किशोरलाई पक्राउ गरिएको   इलाका प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । पीडित किशोरीका आफन्तको उजुरीका आधारमा जबरजस्तीकरणी दुद्दा दर्ता भई अनुसन्धान भइरहेको बैतडी प्रहरी नायब उपरीक्षक अधिकारीले जनाएका छन् । पक्राउ परेका किशोर प्रहरी हिरासतमा रहेका छन् भने किशारी आफन्तसँगै रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।