लेकम गाउँपालिका कार्यालयमा तालाबन्दी 

३ बर्ष अघि

२0७७ मंसिर २१ आईतवार

लेकम गाउँपालिका कार्यालयमा तालाबन्दी 

पृथ्वीराज सुनाम मंसिर २१ दार्चुला । दार्चुलाको लेकम गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । लेकम गाउँपालिका वडा नम्बर ४ खरकडाबासी जनताले लेकम गाउँपालिका वडा नम्बर ४ को कार्यालय, गाउँपालिका कार्यालय र गल्लाकेदार मा.बि खरकडामा तालाबन्दी गरेको हुन् । वडा नम्बर ४ का स्थानीहरुले पाती देखि खरकडासम्म लाइन विस्तार गर्नका लागि आएका विद्युतको मेन लाइनका पोलहरु टकनामा राकिएपछि तालबन्दी गरिएको वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्र राज जोशीले जनाकारी दिनुभयो । स्थानीहरुले लेकम गाउँपाकिलाको वडा नम्बर ४ को पाथीहुदै गइरहेको केन्द्रीय प्रसारण लाईन विस्तार हुनपर्ने गल्लाकेदार मा.वि खरकडाको विद्यालय भवनमा रहेको अस्थाई प्रहरी पोष्ट हटाउनु पर्ने तथा दिउँसो ३ बजेपछि हराउने नेटवर्क समाधान गर्नुपर्ने माग राख्दै स्थानीहरुले वडा कार्यालय हुदै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको स्थानीले बताएका छन् । विद्यालयबाट प्रहरी पोेष्ट हटाउन पटक पटक माग गर्दा समेत सुनुवाई नभएपछि विद्यालय र गाउँपालिका तालाबन्दी गर्नुपरेको स्थानीयको भनाई छ ।