पत्रकारिता क्षेत्रलाई संघीयताले छोएन ,बरिष्ठ उपाध्यक्ष पोखरेल

३ बर्ष अघि

२0७७ मंसिर २१ आईतवार

पत्रकारिता क्षेत्रलाई संघीयताले छोएन ,बरिष्ठ उपाध्यक्ष पोखरेल

दृष्टिकोण समाचार मंसिर २१ दार्चुला । दार्चुलमा क्रियाशिल पत्रकारहरुसंग भेटघाँटका क्रममा पहिलो पटक दार्चुला आइपुग्नु भएका बरिष्ठ उपाध्यक्ष  विपुल  पोखरेलले पत्रकारिता क्षेत्रमा संघीयताले नछोएको टिप्पणी गरेका छन् । ‘संघीय आयो हामी नै भन्छौँ, हामी नै लेख्छौँ, तर मलाई लाग्छ पत्रकारहरुलाई संघीयताको महशुस गराएको छैन’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नु भयो । पत्रकारहरुले परिचय पत्रका लागि पनि काठमाण्डौँ जानुपर्ने विगतकै बाध्यता कायमै रहेको स्मरण गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । देशमा संघीयता आएपनि पत्रकारहरुले परिचय पत्र, प्रेस प्रतिनिधि बनाउन तथा नवीकरण गर्न अहिले पनि काठमाण्डौ धाउनुपर्ने बताउदै संघीयताको महशुस पत्रकारलाई नगराएको टिप्पणी गर्नु भएको हो । नेपाल पत्रकार महासंघका सदस्य लिएको जिल्लाका पदाधिकारी तथा सदस्यहरुले अहिले पनि नवीकरण गराउन काठमाण्डौँ नै धाउनु पर्ने बाध्याता कायमै छ । साथै प्रेस प्रतिनिधि(पास) नवीकरण गर्न पनि काठमाण्डौँ जानुपर्ने बाध्यताले  रहेको छ । दार्चुला जिल्लाका क्रियाशील पत्रकारहरुले प्राप्त गरेका प्रेस प्रतिनिधि पनि नवीकरण गराउन सकिरहेका छैनन् । सूचना तथा सञ्चार विभागको घुम्ती टोलीले दार्चुलाका ५१ जना क्रियाशील पत्रकारहरुलाई प्रेस प्रतिनिधि उपलब्ध गराएको थियो । गत वर्ष पाएको प्रेस प्रतिनिधि नवीकरण गराउनुपर्ने समय भएपनि नवीकरण गराउन सकिरहेका छैनन् । नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष शंकरसिंह धामीका अनुसार ५१ जनाले प्रेस प्रतिनिधि पाएका छन् । तर प्रेस प्रतिनिधि परिचय पत्र पाएकाहरुले नवीकरण गराउन नसकेको अवस्था रहेको छ । नेपाल पत्रकार महासंघको नयाँ सदस्यता लिन, नवीकरण गराउन पनि अझै काठमाण्डौँ धाउनुपर्ने बाधयता रहेकाले पत्रकारहरुलाई संघीयताले नछोएको टिप्पणी बरिष्ठ उपाध्यक्षले गरेका हुन् । ‘संघीय टिकाउने जिम्मेवारीमा हामी छौँ, हामीहरुले नै संघीयताको महशुस गर्न सकिरहेका छैनौँ, यो बिडम्बना हो’ उहाँले भन्नु भयो । नेपाल पत्रकार महासंघ केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रिय सदस्य मिन बम लगायतको टोली जिल्ला आइपुगेको हो । जिल्लामा क्रियाशील पत्रकारहरुसंग भेटघाँट तथा कोरोना महामारीका कारण पत्रकारितामा परेको असर लगायतका बारेमा जानकारी लिन पत्रकार महासंघ केन्द्रिय समितिको टोली जिल्ला आइपुगेको हो । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको टोलीलाई महासंघ जिल्ला शाखा दार्चुलाका अध्यक्ष शंकरसिंह धामीलाई जिल्लामा स्वागत तथा सम्मान गरेका छन् ।