गाँजालाई खतरनाक लागुपदार्थको सूचिबाट हटाइयो

३ बर्ष अघि

२0७७ मंसिर २0 शनिबार

गाँजालाई खतरनाक लागुपदार्थको सूचिबाट हटाइयो

काठमाडौं २० मंसिर । राष्ट्रसंघीय नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचिबाट हटाएको छ । गाँजालई औषधिजन्य वनस्पतिका रुपमा राखेको छ । नियोगले खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गर्दै औषधिजन्य वनस्पतिको रुपमा राखेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार लागुऔषधी सम्बन्धी राष्ट्रंघीय नियोगले बुधबार बहुमतका आधारमा सो प्रस्ताव पारित गरेको थियो । विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागूऔषधीको सूचीबाट हटाउन सिफारिस गरेको थियो । जसमा २७ देशले समर्थन जनाएका थिए भने २५ देशको असहमति जनाएका थिए । प्रस्ताव पक्षमा मतदान गरेको देशमध्ये नेपाल पनि रहेको जनाएको छ । राष्ट्रसंघको सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६२ अनुसार गाँजालाई खतरनाक लागुपदार्थको सूचीमा राखिएको थियो । पछिल्लो निर्णअनुसार अब यसलाई औषधिजन्य गुण भएको लागूपदार्थको सूचीमा वर्गीकरण गरिएको छ ।