दुहुँ गाउँपालिकामा प्रशासकिय भवन निर्माणको काम शुरु 

३ बर्ष अघि

२0७७ मंसिर १९ शुक्रबार

दुहुँ गाउँपालिकामा प्रशासकिय भवन निर्माणको काम शुरु 

दृष्टिकोण समाचार मंसिर १९ दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिकामा प्रशासकिय भवन निर्माण कार्यको शुभारम्भ भएको छ ।स्थापना भएको तीन वर्ष पछि दुहुँ गाउँपालिकाले वडा नम्बर २ को गैरीखेत मन्तडमा आठ करोड बढी लागतमा शुक्रबार देखि आफ्नै भवन निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।दुहुँ गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष गोबिन्द सिंह डडालको अध्यक्षतामा आयोजित प्रशासकिय भवन निर्माण कार्यको शुभारम्भ समारोहमा गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका उपाध्यक्ष इश्वरी जोशी र प्रमुख प्रशासकिय अधिकृत महेशबहादुर बमको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।शुभारम्भ समारोहमा प्रशासकिय भवन निर्माणका लागि जग्गादान गर्ने जग्गाधनी र नवनिर्मित हुने भवनसम्म जाने सडकका लागि जग्गादान गर्ने जग्गाधनीहरुलाई समेत फुलमाला र सम्मानपत्र सहित सम्मानित गरिएको गाउँपालिकाले जनाएको छ । दुहुँ गाउँपालिकाले आफ्नै भवन नहुदा स्थापना कालदेखि घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ । प्रशासकिय भवन निर्माण सम्पन्न भएपछि प्रशासनिक कामकाज गर्न सजिलो हुने र भाडा समेत तिर्नु नपर्ने भएकोले तिब्र गतिमा भवन निर्माणको काम गर्न स्थानीयले सुझाब दिएका छन ।