सुदुरपश्चिममा २२ जनामा कोरोना पुष्टि

३ बर्ष अघि

२0७७ मंसिर १९ शुक्रबार

सुदुरपश्चिममा २२ जनामा कोरोना पुष्टि

धनगडी मंसिर १९ ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ५८ जनाको पीसीआर परीक्षण गरिएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको धनगढी उपमहानगरपालिकाका ६ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार कैलालीकै स्थानीय तह नखुलेका ३ जनामा समेत कोराना पुष्टि भएको छ। त्यसैगरी कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो। साथै डोटीको प्रयोगशालामा ९ जनाको पीसीआर परीक्षण गरिएकोमा डोटीकै ५ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।