एम्बुलेन्स मै बच्चा जन्मीएपछि

६ बर्ष अघि

२0७५ श्रावण १५ मंगलवार

एम्बुलेन्स मै बच्चा जन्मीएपछि

गणेश सिह धामी, साउन १५ दार्चुला । दार्चुला जिल्ला अस्पतालबाट धनगढीका लागि रेफर गरिएकी नौगाड गाउँपालिका वडा नम्बर १ कि गोविन्दी ठगुन्नाले एम्बुलेन्स मै बच्चालाई जन्म दिएकी छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँजमा साउन १४ गते बेलुकी ठगुन्नाले छोरालाई जन्म दिएकी हुन् । 


पनेबाँजमै रहेको दिपीका हेल्थ केयर सेन्टरमा सुत्केरीको उपचार पछि सुत्केरी घर फर्कीएको आफन्तजनलाई उदृत गर्दै दृष्टीकोण समाचारदाता गणेशसिह धामीले जानकारी दिनुभयो ।