सुनको मूल्य तोलामा ३ सय रुपैँयाले बढ्यो

३ बर्ष अघि

२0७७ मंसिर १९ शुक्रबार

सुनको मूल्य तोलामा ३ सय रुपैँयाले बढ्यो

काठमाडौं १९ मंसिर । शुक्रबार सुनको मूल्य प्रतितोलामा ३ सय रुपैँयाले बढेको छ । आज सुनको मूल्य ९२ हजार ९ सय रुपैँया कायम रहेको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो सुनको मूल्य ९२ हजार ६ सय रुपैँया थियो । त्यस्तै आज चाँदी पनि रु ५ ले बढेर प्रतितोला १ हजार २ सय १० पुगेको महासंघले जनाएको छ ।