जिल्ला अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना 

३ बर्ष अघि

२0७७ मंसिर १९ शुक्रबार

जिल्ला अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना 

दृष्टिकोण समाचार मंसिर १९ दार्चुला । जिल्ला अस्पताल दार्चुलालमा भेन्टिलेटरसहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल दार्चुलामा भेन्टिलेरसहितको आइसियु कक्ष स्थापना भएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवावले जानकारी दिनुभयो । कोरोना भाईसरका जटिल खालका बिरामीहरुलाई मध्यनजर गरेर भेन्टिलेटर सहितको कक्ष स्थापना गरिएको हो । तत्कालका लागि अस्पतालले भेन्टिलेटर सहितको दुई  बेडको आइसियु कक्षको काम आफुहरुले गर्ने डाक्टर दुवाले बताउनु भयो  । यस्तै जिल्ला अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुलाई पनि आइसियु सञ्चालनका लागि तालिमको आवश्यकता पर्ने र त्यो तालिमका लागि एक दुई जना नर्सहरुलाई तालिम दिइएको छ । कोरोनाका गम्भीर बिरामीहरुलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापनाका लागि उपकरण पठाएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।