१० किलोचरेशसहित युवक पक्राउ

३ बर्ष अघि

२0७७ मंसिर १९ शुक्रबार

 १० किलोचरेशसहित युवक पक्राउ

बैतडी मंसिर १९ । बैतडीमा १० किलोचरेशसहित एकजना युवक पक्राउ परेका छन् । अवैध १० किलो चरेशसहिति बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर धामी बैतडीमा पक्राउ परेका हुन । सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह ९आरआइटी० र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर धामीलाई १० किलो चरेशसहिति पक्राउ गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । धामीलाई बिषेश सुचनाका आधारमा गएराति पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो । झोलामा चरेश लिएर पैदल आइरहेका बेला उनलाई समातेको प्रहरीको भनाई छ । पक्राउ परेका धामीलाई जिल्ला ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।