नेपालमा थप १ हजार ३ सय ४३ जनामा कारोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ मंसिर १८ बिहीबार

नेपालमा थप १ हजार ३ सय ४३ जनामा कारोना संक्रमण पुष्टि

काठमाडौं १८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप  १ हजार ३ सय ४३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कारोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका संक्रिय संक्रिमितको संख्या १५ हजार ७ सय ६६ रहेका छ । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २० हजार २ सय ७२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कारोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ भने योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउने संख्या १हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।