२९ औ अपांगता दिवस दार्चुलामा पनि मनाइयो, दयामाया हैन अवसरको खाँचो ।।

३ बर्ष अघि

२0७७ मंसिर १८ बिहीबार

२९ औ  अपांगता दिवस दार्चुलामा पनि मनाइयो, दयामाया हैन अवसरको खाँचो ।।

दृष्टिकोण समाचार मंसिर १८ दार्चुला । बिहिबार २९ औं विश्व अपांगता दिवस एक कार्यक्रमका बिच दार्चुलामा पनि मनाइएको छ । फरक क्षमता भएका व्यतिहरुका लागि सरकारी क्षेत्रबाट विभिन्न कामहररु भएपनि अपङ्घता भएका व्यतिलाई दायामाया भन्दा पनि अवसरको आँचो रहेको अपाङसंघ  दार्चुलाका अध्यक्ष गणेश गरिले बताउनु भयो । दार्चुला अपाङसंग दार्चुलाका अनुसार अपांगताको क्षेत्रमा काम गर्ने भनेर दर्ता भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संख्या झण्डै एक हजार पाँच सय भन्दा बढि भए पनि अपाङ्गगता भएका व्यक्तिको अवस्थामा भने खासै परिवर्तन नआएको कार्यक्रम सहभागिको भनाई छ । विहिबार दार्चुलाको सदरमुकाममा २९ औ अन्तरराष्ट्रिय अपङ्घता दिवसमा बोल्ने बतmाहरुले समुदायमा पुनः स्थापना र परिचालन गर्न धेरै लगानी गरे पनि अपाङ्गगता भएका व्यक्तिको अवस्थामा भने खासै परिवर्तन नआएको बताएका छन । दार्चुला अपाङ्ग संघ दार्चुलाका अध्यक्ष गणेश गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको विशष्ट आर्थित्यता एवम् महाकाली नगरपालिकाका नगर प्रमुख हंस राजभट्टको विशिष्ट आर्थित्यतामा २९ औ अपाङता दिवस दार्चुलामा पनि मनाइएको हो । सन् १९९२ बाट हरेक वर्षको डिसेम्बर ३ तारिखलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । नेपालमा सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो ।