दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रिमितको संख्या २ सय ९३ पुग्यो

३ बर्ष अघि

२0७७ मंसिर १८ बिहीबार

दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रिमितको संख्या २ सय ९३ पुग्यो

पृथ्वीराज सुनाम मंसिर १८ दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका थप एक जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । धनगढीको प्रयोगशालमा बिहिबार गरिएको परिक्षणमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । धनगढीमै कोरोना परिक्षणका लागि स्वाब दिएका ती पुरुषमा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो । दार्चुलामा हालसम्म तीन हजार ६ सय बढीको पीसीआर गर्दा २ सय ९३ जनामा कारोना संक्रमण पुष्टि भएको छ, भने २ सय ६२ जनाले कारोना जितिसकेका छन् ।