दार्चुलाको मार्मा देखि सेल्बिसासम्म बस सेवा संचालका लागि समिति गठन 

३ बर्ष अघि

२0७७ मंसिर १८ बिहीबार

दार्चुलाको मार्मा देखि सेल्बिसासम्म बस सेवा संचालका लागि समिति गठन 

पृथ्वीराज सुनाम मंसिर १८ दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ लटिनाथ देखि मार्मा गाउँपालिकाको वडा नम्बर २ सेल्बिसा सम्म बस सेवा संचालन गर्न ५ सदश्यि समिति गठन गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ सेल्बिसा सम्म सडकको स्थर उन्नति गरिसेकेको र अहिलेका अवस्थामा बस संचालन गरि सेवा सुचारुका लागि यातायात व्यवस्थापन समितिको बैठकले भौतिक र प्रविधिक अवस्थाका लागि समिति गठन गरिएको हो । जिल्ला यातायात व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकमा लटिनाथबाट सेलविसा सम्म बससेवा सुचारु गर्न मार्मा गाँउपालिकाले दिएको पत्र अनुसार भौतिक र प्रविधिक समितिले दिएका प्रतिबेदनका आधारमा  गन्ना देखि सेल्बिसा सम्म बस सेवा संचालनको लागि अनुमति दिने निर्णय गरिएको मार्मा गाँउपालिका अध्यक्ष जमन सिह धामीले बताउनु भयो । हेर्नुहोस निर्णयसहित