काँग्रेसले उठायो लिपुलेक र कालापानीको मुद्दा (बिज्ञप्ती सहित)

६ बर्ष अघि

२0७५ श्रावण १५ मंगलवार

काँग्रेसले उठायो लिपुलेक र कालापानीको मुद्दा (बिज्ञप्ती सहित)

दृष्टीकोण समाचार साउन १५ दार्चुला । नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले कालापानी र लिपुलेकको मुद्दा समाधान गर्न भारतसँग कुटनीतिक पहल कदमीका लागि नेपाल सरकारलाई दार्चुलाबाट विरोध पत्र पठाएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति दार्चुलाले आज जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन र धर्ना गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाएको हो । दार्चुला तिङ्कर सडक, जौलजिबी सेरा सडक, करकले देथला खार खलंगा सडक, पारीबगड खण्डेश्वरी सडकहरुमा बजेट विनियोजन गरी काम सुचारु गर्न, दार्चुला जिल्लाका बाढी पीडित र पहिरो पीडितहरुको राहत तथा पुर्नस्थापन गर्न, दार्चुला जिल्लाको तिब्बत जोड्ने नाका सञ्चालन र लिपुलेक तथा कालापानीको विवाद समाधान गर्न सरकारलाई माग गर्दै मंगलबार दार्चुलामा प्रर्दशन गरेको नेपाली काँग्रेस दार्चुलाका पार्टी सभापती ललितसिह बोहराले जानकारी दिनुभयो ।

विज्ञप्ती