प्रधानमन्त्री कप क्रिकेट ः सुदूरपश्चिको छनोट तालिम सार्वजनिक गरियो

३ बर्ष अघि

२0७७ मंसिर १८ बिहीबार

प्रधानमन्त्री कप क्रिकेट ः सुदूरपश्चिको छनोट तालिम सार्वजनिक गरियो

बैतडी १८ मंसिर । प्रधानमन्त्री कप सुदूरपश्चिको छनोट तालिम सार्वजनिक गरिएको छ । बुधबार नेपाल क्रिकेट संघल र सुदुरपश्चिम प्रादेशिक क्रिकेट संङ्घले खेल तालिम सार्वजनिक गरेको हो । पुरुष तथा महिला प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिम सावजनिक भएको छ । सार्वजनिक खेल अनुसार पुरुषको मंसिर २७ गते र महिलाको छनोट प्रतियोगिता पुष ४ गते देखि शरु हुने भएको छ । पुरुषको छनोट प्रतियोगिता कंचनपुरको महेन्द्र र महिलाको कैलालीको धनगढीमा संचालन हुने नेपाल क्रिकेट संघका सुदूरश्चिम सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभययो । छनोटमा पुरुषतर्फ ८ टोली तथा महिला तर्फ ६ टोली सहभागी हुनेछन् । मंसिर २७ गतेहुने पुरुषको खेलमा कैलाली र डोटी भिड्ने बताएको छ । उक्त छनोटबाट पुस दोस्रो सातादेखि संचालन हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि सूदूपश्चिमको टोली छनोट हुनेछ  । प्रधानमन्त्री कप पुस ११ गते बाट हुदैछ । महिला तर्फ खेल दाङमा संचालन हुनेछ भने पुरुषतर्फ खेल काठमाडांैमा हुने नेपाल क्रिकेट संघले जनाएको छ । जसमा  विभागीयसहित १० टिमको सहभागिता हुनेछ ।