कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुदाँ १३ जना घाइते 

३ बर्ष अघि

२0७७ मंसिर १८ बिहीबार

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुदाँ १३ जना घाइते 

धनगढी १८ मंसिर । कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुदाँ १३ जना घाइते भएका छन् । बैतडी बाट जन्ती लिएर कंचनपुर आउँदै गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर गएरातिको ११ बजेतीर भीमदत्त राजमार्ग अन्तर्गत पर्ने जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा र्दुघटनामा परेको थियो । वीङ्गर दुर्घटना हुदाँ दुलादुलही सहित १३ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गाडी चालाउने चालक सहित ४ जनाको अवस्था गम्भीर रहेको छ । दुलाहमा कंचनपुरको बेलैरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दलहीमा बैतडीको दोगडाकेदार गाउँपालिकाकी –१९ वर्षीय डम्मरा लुहार घाइते भएका छन् । उनको अवस्था अति जटिल रहेको प्रहरीले जनाएको छ ।