नेपालमा थप १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ मंसिर १७ बुधबार

नेपालमा थप १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १७ मंसिर । नेपालमा थप थप १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रिमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म संक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ रहेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कारोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १८ हजार १सय ६१ पुगको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कारोना भाइरसको संक्रमणका कारण मृत्यु भऐको छ भने नेपालमा कोरोनाले ज्यान गुमाउने संख्या १हजार ५ सय ३८ पुगेको छ ।