सीमा पुलमा अव्यस्थित मानविय भिड, स्वास्थ्य सुरक्षा खोई ?

३ बर्ष अघि

२0७७ मंसिर १७ बुधबार

सीमा पुलमा अव्यस्थित मानविय भिड, स्वास्थ्य सुरक्षा खोई ?

पृथ्वीराज सुनाम मंसिर १७ दार्चुला । पछिल्लो समय नेपाल भारत जोड्ने दार्चुलाको खंलगा नाकामा रहेको झोलुङ्गे पुल हप्ताको दुई तीन दिन खुल्ने  गरेको छ । नेपाल र भरतीय पक्षको प्रशासनिक सम्पर्कमा सीमा पुल खुल्ने गरेको हो । 
पुल खुलेको बेला पुलघाँटमा मानीसहरुको भीडभाड देख्दा कुनै मेला महोत्सव भन्दा कम हुदैन् । नेपालले भारतीय पक्ष र भारतले नेपालको जिल्ला प्रशासन कार्यालयलाई निश्चित समय र कारणका आधारमा सीमा पुल खोल्ने गरेको भएपनि पछिल्लो समय सीमा पुल खुल्दाको दृष्य अचम्मको हुने गरेको छ । कोरोना महामारी कोभिड—१९ का कारण नेपालले मंसिर मसान्तसम्म अन्तर्राष्ट्रिय नाकाहरु बन्द गरेको छ । तर नेपाल भारत दुई देशको प्रशासनिक जानकारीमा खुल्ने सीमापुलमा पछिल्लो समय मानीसहरुको अनिन्त्रीत भिडभाडका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नभएको कतिपयको गुनासो छ । ‘नेपाली र भारतीय प्रशासनले पुल खोल्ने काम मात्रै गरेको छ न त स्वास्थ्य सुरक्षा अपनाइन्छ न त व्यवस्थित रपमा आवतजावत हुन्छ ।’ एक स्थानीयले भन्नुभयो ।  सीमापुलको अवस्था देख्दा कोरोनाबाट बच्नु भन्दा पनि पुल क्षेत्रमा गएर कोरोना संक्रमित हुनु बाहेक केही उपलब्धी नहुने भन्दै स्थानीयले आलोचना गरेका छन् । 
यो भन्दा पहिले हप्ताको दुई दिन बुधबार र शनीबार बिहान १० बजे देखी दिउँसो ३ बजेसम्म झोलुङ्गे पुल खोल्ने दुई देशका प्रशासनबीच  सहमती भएपनि भारतीय पक्षले पत्र जारी गर्दै सो नियम लागु नहुने जनाएको थियो । 
बुधबार पनि विहान १० बजे पुल खुलेको थियो, पछि बीचमा बन्द गरी दिउँसो ४ बजे पुल खोलीएको थियो । नेपाल तर्फबाट स्थानीयहरु सामान किन्न भारतीय धारचुला बजारमा जाने गरेका छन् । यो बीचमा पुलघाँटमा सुरक्षा निकायको उपस्थिति रहेपनि भन्सार कार्यालयले भने सामान चेक गर्ने देखि भन्सार काट्ने काम बन्द गरेको छ । यसरी अव्यवस्थित रुपमा पुल खोल्नु भन्दा नियमित पुल खुल्नु पर्ने आवाजहरु पनि उठेका छन् । नत्र स्वास्थ्य सुरक्षा बिना, भन्सार छुट गरिएका समाग्री खरिद गरी राजश्व छल्नु तथा महामारीलाई थप जटिलता तिर धकेन्लु सिवाय केही नभएको स्थानीयले टिप्पणी गरेका छन् ।