कैलालीका डिएसपी भरतराज चौधरी निलम्बित

३ बर्ष अघि

२0७७ मंसिर १७ बुधबार

कैलालीका डिएसपी भरतराज चौधरी निलम्बित

धनगढी १७ मंसिर । कैलालीका डिएसपी भरतराज चौधरी निलम्बित भएका छन् । युवतीसँग होटलमा भेटीएका इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतराज चौधरी निलम्बित भएका हन् । मंसिर ९ गते सम्पर्कविहिन डिएसपी चौधरी कैलालीको बुढीतोलाको एक होटलमा युवतीसँग समातिए पछि गृह मन्त्रालयले डिएसपी चौधरीलाई निलम्बिन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । पहिलो चरणमा जिम्मेवारी खोसेर छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।