सचिन तेन्दुलकरको कीर्तिमान तोडे विराट कोहलीले

३ बर्ष अघि

२0७७ मंसिर १७ बुधबार

सचिन तेन्दुलकरको कीर्तिमान तोडे विराट कोहलीले

काठमाडौं मसिंर १७ । भारतीय क्रिकेट टिमका विराट कोहलीले एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता मा सबैभन्दा छिटो १२ हजार रन पुरा गरि शचीन तेन्दुलकरको किर्तिमान तोडेका छन् । अष्ट्रिलिया विरुद्ध ३ खेलको सिरिज अन्तर्गत तेस्रो खेलमा कोहलीले १२ हजार आडीलाई रन पूरा गरेका हुन । अष्टे«लियाका सिन एबोटले बलिङ गरेको १३ औँ ओभरको पहिलो बलमा १ रन लिदै कोहली ओडीआईमा सबैभन्दा छिटो १२ हजार रन बनाउने खेलाडी बनेका छन् । कोहलीले १२ हजार रन बनाउन २ सय ४२ इनिङ्स मात्र खेल खेलेका हुन । यसअघि भारतकै मास्टर ब्लास्टर सचिन तेन्दुलकरले ३०० औँ इनिङ्समा ओडीआईमा १२ हजार रन बनाएका थिए । कोहलीले २ सय ५१ आँै ओडीआई म्याच खेल्ने क्रममा २ सय ४२ इनिङ्समा ब्याटिङ गर्दै सचिनको किर्तिमान तोडेका हुन् ।