नेपालमा पनि फाइभ जी परीक्षणको तयारी हुँदै

३ बर्ष अघि

२0७७ मंसिर १६ मंगलवार

नेपालमा पनि फाइभ जी परीक्षणको तयारी हुँदै

काठमाडौं १६ मंसिर । नेपालमा पनि फाइभ जी परिक्षणको तयारी हुँदै छ । नेपाल दुर संचार प्राधिकरणले फाइभ जी प्रविधिको परिक्षणको लागि मन्त्रालयसँग अनुपति मागेको छ । पुरुषोत्तम खनालले फाइभ जी परिक्षणको अनुमतिका लागि मन्त्रालयसँग आग्रह गरेको र त्यस्तै अनुमति लगत्तै परिक्षणको प्रक्रिया आरम्भ गर्ने बताएका छन् । नेपालमा हाल फोर जी सेवा विस्तार भैरहेको छ । नेपाल टेलिकम र एनसेलले फोरजी विस्तारका लागि ठूलो धनराशी खर्चिएका छन् भने स्मार्ट सेलले पछयाईरहेको छ । फाइभ जी सेवाको परिक्षणको लागि हुवावे र जेडटीई कम्पनीका उपकरणहरु प्रयोग हुनेछन् । प्रवाधिकरणका प्रवक्ता मिन अर्यालले फोरजी भन्दा द्रुतगति र सुरक्षित सेवा फाइभ जीमा प्राप्त हुने बताएका छन् । तर मूल्य भने फोरजी भन्दा महंगो नहुने उनले बताए छन् । संचार मंत्री नेतृत्वको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले स्वीकृति दिएपछि परिक्षणको कार्या आरम्भ हुनेछ ।