सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

३ बर्ष अघि

२0७७ मंसिर १६ मंगलवार

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं १६ मंसिर । मंगलबार सुनको मूल्य प्रतितोलामा ५ सय रुपैँयाले बढेको छ । आज सुनको मूल्य ९० हजार ५ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । हिजो भने सुनको मूल्य प्रतितोला ९० हजार रुपैँया थियो । यस्तै चाँदी पनि ३५ रुपैँयाले बढेर १ हजार १ सय ५५ रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।