नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

३ बर्ष अघि

२0७७ मंसिर १६ मंगलवार

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौं १६ मंसिर । नेपालको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुकाटारमा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनितिक प्रस्तावमाथि छलफल गर्न उक्त बैठक बसिएको हो । यो भन्दा पहिले धुम्बराहिमा बैठक बस्ने भनिएको भएपनि सुरक्षा थे्रट रहेको भन्दै बैठक बालुवाटारमा राखिएको हो । कार्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पेजको राजनितिक प्रस्ताव पेश गरेका थिए भने मंसिर १३ गते बसेको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले ३८ पेजको जवाफी प्रस्ताव पेश गरेको थिए । ओलीको पक्षले दुवै प्रतिवेदनलाई स्थायी कमिटीमा लैजानुपर्ने अडान लिएको छ । प्रधानमन्त्री ओली पक्षधरले भने दुवै प्रस्तावलाई थाती राखेर साझा प्रस्ताव बनाउनुपर्ने प्रयास गरेको छन् । भने प्रस्तावको जवाफ समेत दिने तयारी गरेका छन् ।