अपि हिमाल गाउँपालिकामा १० शैया अस्पतालको शिलान्यास कार्यक्रम सम्पन्न

३ बर्ष अघि

२0७७ मंसिर १५ सोमबार

अपि हिमाल गाउँपालिकामा १० शैया अस्पतालको शिलान्यास कार्यक्रम सम्पन्न

पुष्पा धामी मंसिर १५ दार्चुला । दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर ४ चिल्डुग्राँमा दश शैयाको अस्पतालको शिलान्यास कार्यक्रम सोमबार सम्पन्न भएको छ । अपि हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द सिंह मन्यालको अध्यक्षतामा भूमिपुजन गरी अस्पतालको शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उर्मिला बोहोरा, नेकपाका पार्टी अध्यक्ष  पोखर रोकाया, नेकपाका पार्टी सभापति शोभान लोथ्याल,वडा अध्यक्षहरु तथा कार्यपालिकाका सदस्यहरु, गाउँपालिकामा कार्यरत कर्मचारीहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  दश शैया अस्पतालको भवन निर्माणका लागि अपि हिमाल गाउँपालिकाको वडा नम्बर ४ चिल्डुग्राका ललित धामी,शेरसिंह धामी, प्रहलाद धामी, जलधारा धामी र धनबहादुर धामीले ९ रोपनी जग्गा दान गरेका छन् । जग्गा दाता पाँचै जनालाई गाउँपालिकाका अध्यक्षले दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । शिलान्यास गरिएको अस्पतालको निर्माण अबको दुई अडाई बर्ष भित्रै सम्पन्न हुने अध्यक्ष मन्यालले बताउनुभएको छ ।