दुहुँ गाउँपालिकामा १० शैया अस्पतालको शिलन्यास गरियो 

३ बर्ष अघि

२0७७ मंसिर १५ सोमबार

दुहुँ गाउँपालिकामा १० शैया अस्पतालको शिलन्यास गरियो 

पृथ्वीराजस सुनाम मंसिर १५ दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ धारीमा १० शैया अस्पताल भवनको शिलन्यास गरिएको छ ।  वडा नम्बर चारका अध्यक्ष गोपाल सिंह कार्की, प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय प्रमुख करबीर कार्की, पार्टी प्रनिधि नेकपा जिल्ला कमिटी सदस्य परम सिंह कार्की सहित दुहुँ गाउँपाकिलाका अध्यक्ष पुलेन्द्र कार्कीको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । अस्पताल निमार्णका लागि स्थानिय कलशी देवी कार्की, प्रेम कार्की, पवन कार्की, कमल कार्की, रोशन कार्की, बैशाकी कार्की, करन कार्की, मोहन कार्की, इन्द्र कार्की, कुन्दन कार्की, जय कार्की, अमर कार्की, गम्भीर कार्की, रमेश कार्कीले ७ रोपनी १० आना दान गरेका छन् । दुई वर्षभित्र अस्पताल भवन निमार्ण सम्पन्न गर्ने भवन निमार्ण शिलन्यास गरिएको दुहुँ गाउँपालिका उपाध्यक्ष इश्वरी जोशीले बताउनुभयो ।