नेपालमा थप १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ मंसिर १५ सोमबार

नेपालमा थप १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १५ मंसिर ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १४ हजार ५ सय २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रिय संक्रिमितको संख्या १७ हजार ४ सय २३ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।